काठमाडौं, युद्धकालीन ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा आजै पक्राउ परेका पूर्व सभासद् तथा माओवादी नेता बालकृष्ण ढुङ्गेल अनेकै ...
काठमाडौं,
युद्धकालीन ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा आजै पक्राउ
परेका पूर्व सभासद् तथा माओवादी नेता बालकृष्ण ढुङ्गेल अनेकै रोगको उपचार
गराईरहेका छन् ।
पटक–पटक जेल जीवन बिताएका कारण पनि उनी धेरै रोगी भएको उनका साला मदन गौतम बताए ।
उनको एउटा किड्नीले काम गर्दैन भने अर्कोले जम्मा २५ प्रतिशत मात्र काम गर्छ ।
त्यसैगरी उनको मुटुले पनि जम्मा २५ प्रतिशत काम गर्छ । उनलाई उच्चरक्तचाप र उच्चमधुमेह पनि छ । रातोपाटीसँग कुरा गर्दै गौतमले भने, उहाँलाई लामो समय हामीले नर्भिक र सातदोबाटोको सुमेरु हस्पीटलमा उपचार गरायौँ । केही आराम भए पनि यातनाका कारण उहाँको टाउको समेत निकै दुख्ने गरेको छ ।
नर्भिक र सुमेरु हस्पीटलमा उपचारपछि घर गएका उनको रिपोर्टमा उनको मुटुको र किडनीको अवस्था असमान्य रहेको उल्लेख गरिएको छ ।
त्यही क्रममा उनी दुई दिन अघि मात्र सुमेरु हस्पीटल चेकपका लागि गएका थिए । उनी यस अघि १० दिन नर्भिक र पछि १५ दिन तथा २२ दिन सुमेरु हस्पीटलमा भर्ना भएका थिए ।