डोल्पा–डोल्पा काङ्ग्रेसमा देखिएको आन्तरिक विवाद पछिल्लो समय थप चुलिँदै गएको छ । जिल्ला कार्य समिति अवैधानिक भएको भन्दै बर्तमान जिल्ला का...

डोल्पा–डोल्पा काङ्ग्रेसमा देखिएको आन्तरिक विवाद पछिल्लो समय थप चुलिँदै गएको छ ।
जिल्ला कार्य समिति अवैधानिक भएको भन्दै बर्तमान जिल्ला कार्यसमिति र पूर्व पार्टी सभापति टंक प्रसाद उपाध्याय पक्षधरबीच विवाद हुँदै आएको छ ।
डोल्पा काङ्ग्रेसका प्रमुख नेताबीच आन्तरिक बिवाद चुलिँदै गर्दा संघ र प्रदेशका उम्मेद्वार पनि प्यानलगत हिसाबमा सिफारिश गरिएको छ ।

यहाँबाट दुई वटा प्रदेश र एउटा संघको चुनावका लागि उम्मेद्वार शिफारिस प्यानलगत हिसावले गरिएको हो ।
जिल्ला कार्यसमितिको निर्णय अनुसार क्षेत्र नं १ बाट वेगम सिंह ठकुरी र क्षेत्र नंं २ बाट कर्ण बहादुर बुढालाई प्रदेशको उम्मेद्वारको रुपमा केन्द्रमा शिफारिस गरिएको पार्टी सभापति अंगत कुमार बुढाले जानकारी दिए ।
उक्त जिल्ला कार्यसमितिको निर्णयबाट आफुलाई प्रतिनिधि सभाका लागि एक्लो उम्मेद्वारको रुपमा शिफारिस गरिएको समेत सभापति बुढाले बताए ।
यता जिल्ला कार्यसमितिको निर्णयलाई बेवास्ता गर्दै जिल्ला पार्टी सचिव सहितको समुहले जिल्ला भरका उम्मेद्वारहरु छनोट गरि केन्द्रमा पठाएको छ ।
पार्टी सभापती सहितको कार्यसमितिले गरेको निर्णय प्रति पार्टी सचिव जयनन्द उपाध्याय,पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायल,महा समिति सदस्य,तथा तरुण दल,नेबी संघ,महिला संघ,दलित संघ लगाएतका भातृ संगठनले सामुहिक असहमति जनाउँदै आफ्नै हिसावमा उम्मेद्वार सिफारिश गरेको हो ।
सो प्यानलमा रहेका जिल्ला कार्यसमिति सचिव जयनन्द उपाध्याय,पुर्व पार्टी सभापती,महासमिति सदस्य,पुर्व प्रत्यक्ष उम्मेद्वार,विभिन्न भातृ संगठन लगायतको बैठकबाट १ नंबर क्षेत्रबाट मिन कुमार शाही २ नंबर क्षेत्रबाट पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायको नाम प्रदेशमा शिफारिस गरेर केन्द्रमा पठाएको सचिव जयनन्द उपाध्यायले जानकारी दिए ।
त्यस्तै प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा दिल बहादुर बिष्ट र सुरेश शाहीको नाम केन्द्रमा शिफारिस गरिएको उनले बताए । रामचन्द्र न्यौपाने ratopati