राजविराज- सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । पछिलो पटक सो गाउँपालिक...
राजविराज- सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।
पछिलो
पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको
प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने
आधा दर्जन सिकिस्त समेत भएका छन् ।
घर
नजिकै रहेको नदीमा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले
तिलाठी कोइलाडी–३ सकरपुराका मनोज मण्डल र उनी श्रीमती गीतादेवी मण्डल
सिकिस्त बिरामी परेकी छिन् ।
दुवै
जनालाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको स्थानीयवासीले
बताइएका छन् । बिरामी परेका एक दर्जनलाई गाउँमै राखेर जिल्ला जनस्वास्थ्य
कार्यालयले शिविर सञ्चालन गरी उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य
कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले.बताउनुभयो ।
त्यस्तै
सिकिस्त बिरामी परेकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल
अस्पतालमा उपचारको लागि ल्याई उपचार थालिएको अस्पतालबाट थाहा भएको छ ।
चेतनाको
अभाव र सरसफाइमा ध्यान नदिएका कारण सकरपुरामा एक सातादेखि बढेको प्रदूषित
नदीबाट माछा मारेर त्यतिकै खाने गरेकाले सो प्रकोप फैलिएको हुनसक्ने
स्थानीयले अनुमान गरेका छन् ।
दुई
महिना अगाडि जिल्लाको विभिन्न खोला र नदीमा आएको भीषण बाढीका कारण
सकरपुरासहित सो क्षेत्रका हजारौ व्यक्ति बाढीबाट प्रभावित भएका थिए ।
त्यस्तै
केही दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि अहिले राजविराजस्थित गजेन्द्र
नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, झाडापखाला,
विषमज्वरोलगायत विभिन्न रोगका बिरामी उपचार गराउनका लागि आउने गरेको पाइएको
छ ।
सो अस्पतालमा दिनहँु २५ देखि ४०
जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा एक्कासि बिरामीको चाप बढेकाले श्ययाको समेत अभाव हुँदा बिरामी
तथा बिरामीका कुरुवा भुइँमै बस्ने गरेको र भुइँमै उपचारसमेत गराउन बाध्य
भएको अस्पतालका चिकित्सकले गुनासो गरेका छन् ।
त्यस्तै
अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अधिकांश बिरामी उपचार नपाएर धरान
र विराटनगरको ठूलो अस्पतालमा जानुपर्ने बाध्यता समेत भोग्नु परिरहेको
बिरामीका कुरुवाले गुनासो गरेका छन् । राष्ट्रिय समाचार समिति