काठमाडौं-युद्धकालीन एक हत्या आरोपमा सर्वोच्चले दोषी ठहर गरेपछि बालकृष्ण ढुंगेल जेल चलान भए । लगत्तै यस विषयमा निकै आक्रमक प्रतिक्रिया आउ...
लगत्तै यस विषयमा निकै आक्रमक प्रतिक्रिया आउन थाले । दिनभर सामाजिक संजाल यहीँ विषयमा बहसमा केन्द्रित रह्यो छ ।
प्रहरीले
आज नै उनलाई पक्राउ गरेको थियो । तर, तुुरन्तै जिल्ला अदालत काठमाडौं
लगियो र त्यहाँबाट डिल्लीबजार जेल चलान गरियो । अदालतबाट निस्कदा निस्कदै
मिडियाले ढुंगेलको प्रतिक्रिया लिन खोजेका थिए । तर, प्रहरीले अवरोध गरेर
बोल्न दिएन ।
तर, ढुंगेलले अदालत पुगेपछि आफ्नो वकील मार्फत उनले प्रतिक्रिया जनाएका छन् । संकेतै सकेतमा उनले ठूला नेताहरुमाथि हमला गरेका छन् ।
अधिवक्ता
लक्ष्मण बरालका अनुसार सदरखोरमा पुग्नासाथ बालकृष्ण ढुंगेलले ‘भैंसीको
छोरा जोगाउन कुखुराको छोरालाई पक्राउ गरिएको’ प्रतिक्रिया दिएका हुन् ।
‘कुखुराको छोरालाई समात्न सजिलो हुनाले मलाई समातियो’ अधिवक्ता बरालले ढुंगेललाई उद्धृत गर्दै, ‘भैसीको छोरा जोगाउन कुखुरा समातियो ।’
‘कुखुराको छोरालाई समात्न सजिलो हुनाले मलाई समातियो’ अधिवक्ता बरालले ढुंगेललाई उद्धृत गर्दै, ‘भैसीको छोरा जोगाउन कुखुरा समातियो ।’
अधिवक्ता लक्ष्मण बरालले यसलाई ‘ठुलालाई छाडेर सानोलाई समातिएको भन्न खोज्नुभएको होला ।’ भनी टिप्पणी गरे ।
पुर्व सांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार स्थित सदरखोरको ‘ख’ ब्लकमा राखिएको छ ।
कैदीहरु थोरै भएको ‘ख’ ब्लकबाट शुरु भएको ढुंगेलको जेल यात्रा करिब १२ बर्ष ५ महिना २२ दिन हुनेछ ।
कैदीहरु थोरै भएको ‘ख’ ब्लकबाट शुरु भएको ढुंगेलको जेल यात्रा करिब १२ बर्ष ५ महिना २२ दिन हुनेछ ।
यसभन्दा
पहिले ओखलढुंगा जिल्ला अदालतमा ढुंगेलले ८ बर्ष बन्दी जीवन बिताईसकेका छन्
। सो अबधी कटाएर बाँकी बसेको १२ बर्ष ५ महिना जेल बस्दै ढुंगेलले आफ्नो
निजी आर्जन र अंश बापत प्राप्त चल अचल सम्पती सरकारलाई बुझाउनुपर्ने हुन्छ
।
कर्तब्य ज्यान मुद्धामा सर्वस्वसहित
जन्मकैद पाएका ढुंगेलको अंशबन्डा हुन बाँकी भएमा ‘भएर हुन आउने’ चल अचल
सम्पति पनि राज्यले जफत गर्ने कानुनी प्रावधान रहेको छ ।
जेलमा राम्रो आचरण भएमा जेलरको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कैद भुक्तान गरेपछी आममाफी दिनसक्ने ब्यवस्था रहेको छ । source ratopati