माेरङ / मोरङको बेलबारी २ देबीथानडाँडामा एक दलित बालिकामाथि चोरीको आरोपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर यातना दिईएको छ । बिहिबा...
माेरङ / मोरङको बेलबारी २ देबीथानडाँडामा एक दलित बालिकामाथि चोरीको
आरोपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर यातना दिईएको छ ।
बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप
लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै
बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटी उद्धार गरेको छ ।
कुटपिटबाट बालिका घाईते भएकी छिन । उनको स्थानीय मेडिकलमा उपचार गराईएको छ । आर्थिक अबस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन । उनकी आमा संगिता परियारले घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रहरी कहाँ पुगेकी छिन । पिडित बालिकाले आफुले पैैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन ।
स्थानीय कबिर माविमा कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण बोल्न समेत नसक्ने अबस्थामा पुगेकी छिन । घटनामा संलग्न दुईजना पक्राउ सोही घटनामा संलग्न भएका स्थानीय ४५ बर्षीय दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवार पक्राउ परेका छन । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्र्तगत कारबाही गरिने ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।