मोरङ– आगामी चुनाबमा गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने सहमति गरेका नेकपा एमाले र नकेपा माओवादी केन्द्रले मोरङमा आ–आफ्नो उम्मेदवार सिफारिस ग...
मोरङ–
आगामी चुनाबमा गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने सहमति गरेका नेकपा एमाले
र नकेपा माओवादी केन्द्रले मोरङमा आ–आफ्नो उम्मेदवार सिफारिस गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीबीच ६०/४० प्रतिशत क्षेत्र भागबण्डा गर्ने सहमति भएपनि दुबै दलले सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन्
केन्द्रमा भएको सहमति अनुसार कुन क्षेत्र कुन दलले पाउने भन्ने निर्णय भइनसकेकोले यसअघिको आफ्नो दलको निर्देशन अनुसार उम्मेदवार सिफारिस गरिएको दुबै दलको भनाइ छ । अहिले आ–आफ्नो सिफारिस भएपनि केन्द्रमा क्षेत्र भागबण्डा भएपछि अर्को दलको भागमा परेको क्षेत्रको सिफारिस फिर्ता हुने बताइएको छ ।
नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले क्षेत्रीय समिति हुँदै जिल्ला समितिबाट शुक्रबारसम्म जिल्लाका सबै क्षेत्रको उम्मेदवार सिफारिस हुने जानकारी दिए । तर, केन्द्रमा समिकरण बनिसकेकोले त्यो सिफारिस अन्तिम नहुने उनको भनाई छ । ‘यसअघि पार्टीले गरेको निर्णय अनुसार सिफारिस हुन्छ, केन्द्रमा क्षेत्र भागबण्डा भएपछि मात्र उम्मेदवारको अन्तिम टुंगो लाग्छ’ ढकालले भने ।
माओवादी केन्द्र मोरङका सह–संयोजक गणेश उप्रेती शुशिलले एक्लै चुनाब लड्ने पार्टीको यसअघिको तयारी अनुसार उम्मेदवार सिफारिस गरिएको भएपनि तीन दलबीचको गठबन्धन बनेको कारण त्यसमा हेरफेर हुने जानकारी दिए । सहमति अनुसार कतिपय उम्मेदवार फिर्ता हुने र कतिपय प्रतिनिधिसभामा सिफारिस भएकाहरु प्रदेशसभाको उम्मेदवार बन्ने उनको भनाइ छ ।
नेकपा एमालेले जिल्लाका सबै उम्मेदवार सिफारिस गरिनसकेको भएपनि माओवादी केन्द्र प्रतिनिधिसभाको लागि ६ वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको जनाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज कुशल लिम्बूका अनुसार सबै क्षेत्रमा १÷१ जनाको मात्र नाम पठाइएको छ । प्रदेशसभातर्फ भने सबै उम्मेदावरको टुंगो लागिनसकेको उनले जनाए । माओवादीले क्षेत्र नं. १ मा कुशल लिम्बु, २ मा गणेश उप्रेती, ३ मा सावित्रीकुमार काफ्ले, ४ मा बिजय थारु, ५ मा शिवकुमार मण्डल र ६ मा अमनलाल मोदीको नाम सिफारिस गरेको छ । यस्तै गोपी अछामी, हेम कार्की, भोगेन्द्र यादव, गिता तिम्सिना, विनिता घिमिरेलगायतको नाम समानुपातिकतर्फ सिफारिस गरिएको बताइएको छ ।
कसरी होला मोरङमा भागबण्डा ?
एमाले, माओवादी र नयाँ शक्तिबीच एउटै कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित आगामी निर्वाचनमा तालमेल गरेर जाने सहमति भएपछि जिल्लामा पनि त्यसबारे चर्चा सुरु भएको छ । केन्द्रमा तीन पार्टीका नेताहरु रहेको कार्यदलले तीन दिनभित्र क्षेत्र निर्धारण गर्नेगरी गृहकार्य गरिरहेको बेला जिल्ला तहबाट पनि कार्यदललाई पार्टीहरुले आफ्नो सुझाब पठाएको बुझिएको छ ।
प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १२ निर्वाचन क्षेत्र रहेको मोरङमा नयाँ शक्तिको खासै प्रभाब नरहेकोले माओवादी र एमालेबीच नै भागबण्डा हुने देखिएको छ । केन्द्रीय तहबाटै एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत सिट लिएर तालमेल गर्ने सहमति भइसकेकोले जिल्लामा पनि त्यही अनुसार हुने नेताहरुले बताएका छन् ।
तालमेलको लागि क्षेत्र विभाजन केन्द्रीय कार्यादलले गर्ने बताइएपनि जिल्ला तहकै सिफारिसको आधारमा गर्ने भएकोले जिल्ला तहमा पनि गृहकार्य भइरहेको छ । दुबै पार्टीको जिल्ला तहका नेताहरुबीच तालमेलमा क्षेत्र भागबण्डाबारे छलफल भएको बुझिएको छ ।
स्रोतका अनुसार माओवादीले जिल्लमा प्रतिनिधिसभामा २ क्षेत्र र प्रदेशसभामा ५ क्षेत्र तथा एमालेले प्रतिनिधिसभामा ४ क्षेत्र र प्रदेशसभामा ६ क्षेत्र लिनेमा दुबै दलका जिल्ला तहका नेताहरु सहमत देखिएका छन् । माओवादीले प्रतिनिधिसभाको लागि मोरङको ५ तथा ३ वा १ मध्ये एउटा क्षेत्र दावी गरेको छ । ५ बाट आपूर्ती मन्त्री शिवकुमार मण्डल उम्मेदवार बन्दैछन् भने ३ बाट सचिबालय सदस्य साबित्रीकुमार काफ्ले र १ बाट जिल्ला इञ्चार्ज कुशल लिम्बूको नाम सिफारिस भएको छ । तर, जिल्लाको ३ नं. निर्वाचन क्षेत्र एमालेको लागि सुरक्षित क्षेत्र रहेको र त्यहाँबाट एमालेका सचेतक भानुभक्त ढकाल चुनाब लड्ने तयारीमा रहेकोले १ नं. क्षेत्र माओवादीले पाउने संभावना रहेको बताइएको छ ।
प्रदेशसभामा माओवादीले पाउने संभावित ५ क्षेत्रमा गणेश उप्रेती, अमनलाल मोदी, गिता तिम्सिना, राजकुमार यादव, विजय थारु प्रमुख दावेदार देखिएका छन् । source ratopati