काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष गणेशबल्लभ प्रधानको ८३ वर्षका उमेरमा गए राति निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी र...
काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष गणेशबल्लभ प्रधानको ८३ वर्षका उमेरमा गए राति निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित वरिष्ठ पत्रकार प्रधानको स्थानीय ब्लुक्रस नर्सिङ होममा उपचारका क्रममा निधन भएको छोरा शिरीषबल्लभ प्रधानले बताए ।
स्व. प्रधानका श्रीमती, एक छोरा र दुई छोरी छन् । प्रधानको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । राष्ट्रिय समाचार समिति

