काठमाडौं– बाम गठबन्धनको विरोध गरेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्का...
उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’
उनले आफूलाई कुनै हतारो नरहेको भन्दै भोलि प्रचण्डले फेरि छलफलमा बोलाएकाले सो छलफलमा भने सहभागि हुने बताए ।
उनले छलफल पछि सम्भवतः भोली नै नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् ।

