काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा कोजाग्रत पूर्णिमाको दिन दशैंको टिका लगाउन पुगेका विवादास्पद पूर्व डिआईजी नवराज...
काठमाडौं–
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा कोजाग्रत पूर्णिमाको दिन
दशैंको टिका लगाउन पुगेका विवादास्पद पूर्व डिआईजी नवराज सिलवाल औपचारिक
रुपमै एमालेमा प्रवेश गरेका छन् ।
राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममार्फत उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । हसिलो मुद्रामा कार्यक्रममा देखिएका उनलाई ओलीले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।

गत
भदौ २७ गते सर्वोच्च अदालतले सिलवालले आफू प्रहरीको आइजी हुनुपर्ने माग
गर्दै दायर गरेको रिट निवेदन खारेज गरिदिएसँगै डिआईजी पदबाट राजीनामा
दिएका थिए ।
सिलवालले आफू आइजीपी हुन योग्य रहेको भन्दै सर्वोच्चमा निवेदन दिएको भएपनि कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा तानिएका थिए । सर्वोच्चले सरकारले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय सदर गरेसँगै उनीमाथि लागेको किर्ते आरोपबारे पनि छानबिन हुनुपर्ने आवाज उठ्दै आएको थियो । यसरी एक विवादास्पद पूर्व प्रहरी अधिकारीमाथिको छानबिन टुंगोमा नपुग्दै उनी एमाले प्रवेश गर्न पुगेका हुन् ।

सोहि कार्यक्रमबाट कलाकार सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका थिए । source ratopati