चितवन- मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गर...
चितवन-
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट
चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ ।
भारतस्थित
केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी
किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी
दिइन् ।
भारतको दिल्लीस्थित एक
कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज
चितवन ल्याइने घिमिरेले जानकारी दिइन् ।
यस्तै
भारतको मुम्बइस्थित अर्काे कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ
नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए। उद्धार
गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको
छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन ।
सीमा
क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका
विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ ।
चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ । राष्ट्रिय समाचार समिति
चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ । राष्ट्रिय समाचार समिति