२० कात्तिक, काठमाडौं । एमाले र माओवादीले वाम गठबन्धन निर्माण गरेपछि दलहरुबीच गठबन्धन निर्माण गर्ने होडबाजी नै चलेको छ । साना तथा ठूला दल ए...
२० कात्तिक, काठमाडौं । एमाले र
माओवादीले वाम गठबन्धन निर्माण गरेपछि दलहरुबीच गठबन्धन निर्माण गर्ने
होडबाजी नै चलेको छ । साना तथा ठूला दल एमाले–माओवादीको सिको गरेर गठबन्धन
निर्माण गर्न सक्रिय बनिरहेका बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी र
नेपाली कांग्रेस वीपीले राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन घोषणा गरेर
निर्वाचनमा जाने तयारी गरेका छन् ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापासँग अलग भएर गएका प्रकाशचन्द्र लोहनीले निर्माण गरेको पार्टी हो भने नेपाली कांग्रेस वीपीको नेतृत्व हरिबोल भट्टराईले गर्दै आइरहेका छन् ।
दुई पार्टीबीचको गठबन्धन घोषणा दिउँसो १ बजे गर्ने तयारी गरिएको छ ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले वाम र लोकतान्त्रिक गठबन्धन देशका लागि घातक भएकाले राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन निर्माण गर्नु परेको बताए । ‘एमाले–माओवादी र कांग्रेसले निर्माण गरेको गठबन्धन देश र जनताको हितमा छैन’, लोहनीले भने, ‘त्यसैले हामी दुई पार्टी गठबन्धन निर्माण गर्ने निष्कर्षमा पुगेका हौं ।’ चुनावमा तालमेल गरेर जाने तयारीमा रहेका दुई पार्टीले चुनावपछि एकता गर्ने तयारी समेत गरेका छन् । लोहनीले दुई पार्टीबीच चुनावलगत्तै एकता हुने बताए ।
२०७४ कार्तिक २० गते ८:१३ मा प्रकाशित