८ मंसिर, बिराटनगर । एक नम्बर प्रदेशमा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाका लागि १० हजार बढी सुरक्ष...
८ मंसिर, बिराटनगर । एक नम्बर प्रदेशमा
पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन
सुरक्षाका लागि १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एक नम्बर प्रदेश अन्तर्गत पर्ने १४ जिल्ला मध्ये पहिलो चरणमा हिमाली एवं पहाडी गरी ७ वटा जिल्ला मंसिर १० गते निर्वाचन हुँदैछ ।
प्रदेश नम्बर १ का प्रहरी प्रमुख एवं
प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययले निर्वाचन सुरक्षाका लागि
नेपाल प्रहरीका ५ हजार वढी प्रहरी परिचलन गरिएको जानकारी दिए ।
त्यसैगरी, निर्वाचन सुरक्षाका लागि थप ५ हजार ३ सय म्यादी प्रहरी परिचालन गरिएको उनले बताए ।
मंसिर १० गते पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पॉचथर र खोटाङमा निर्वाचन हुँदैछ ।
उपाध्ययले विगतमा जस्तै यस पटकको
निर्वाचनमा पनि जिल्ला सुरक्षा योजना अनुसार ती जिल्लाको निर्वाचन
सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले पहिलो र दोश्रो चरणमा हुने
निर्वाचनका लागि प्रदेश नम्बर एक अन्तर्गत पर्ने १४ जिल्लाका लागि नेपाल
प्रहरी र म्यादी प्रहरी गरी कुल ३० हजार बढी परिचालन गरिने बताए ।
जसमा १६ हजार म्याद ८ सय म्यादी प्रहरी र १३ हजार बढी नेपाल प्रहरी परिचालन हुनेछन् ।
एक नम्बर प्रहरी प्रमुख उपाध्ययले पहिलो
चरणमा निर्वाचन हुने हिमाली जिल्लामा भौगोलिक विकटता बढी भएकाले सोही
अनुसार निर्वाचन सुरक्षाको व्यवस्था गरिएको बताए ।
उपाध्ययले भने, ‘ताप्लेजुङ र सोलुखुम्बु
जिल्लाका धेरै मतदान केन्द्र र स्थलमा भौगोलिक विकटता छ, त्यस्ता मतदान
स्थानमा अन्य सुरक्षा निकायको समन्वयमा निर्वाचन सुरक्षाको प्रबन्ध मिलाएका
छौ ।’
उनले पहिलो चरणमा निर्वाचन हुने हिमाली
एवं पहाडी जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाउँका मतदान
केन्द्रलाई संवदेनशीलमा राखिएको बताए ।
एउटा मतदानस्थलमा कम्तिमा २० देखि ४९
जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ
। त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त
टोली समेत परिचालन गरिनेछ ।
विप्लव समूहका १ सय ३ पक्राउ
निर्वाचन विथोल्ने गतिविधिमा सम्लग्न भएको आशंकामा प्रहरीले १ सय बढीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
एक नम्बर प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको एक नम्बर प्रदेश कार्यालय,
बिराटनगरका अनुसार चुनाव बिथोल्ने कार्यमा उनीहरु सम्लग्न भएको आशंकामा
नियन्त्रणमा लिएको बताइएको छ ।
एक नम्बर प्रदेशका जिल्लाहरु भोजपुर, इलाम, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
source:onlinekhabar