सलिम अन्सारी प्यूठान–हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारले मतदाता लोभ्याउने आश्वासनको ‘बिस्कुन’ सुकाउनु नौलो होइन । बहुदलयता प्यूठानमा क...
सलिम अन्सारी
प्यूठान–हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारले मतदाता लोभ्याउने आश्वासनको ‘बिस्कुन’ सुकाउनु नौलो होइन । बहुदलयता प्यूठानमा काग्रेस, राजमो, माओबादी र एमालेबाट दर्जन नेताले चुनाव जिते । तर, यी पार्टीबाट चुनाव जितेका कसैले पनि जिल्लाबासीको बिकास र सम्बृद्धिको ‘भोकको प्यास’ मेटाउन सकेनन् ।
प्युठानबासीले राजादेखि पञ्चायत र बहुदल हुदै गणतन्त्र आएपछि पनि जिल्लाको विकासका लागि विन्तीपत्र नहालेका भने होइनन् । तर, जनताले ‘बिकास विनाको रित्तो प्यूठान’ मात्र पाइरहेका छन् ।
ऊवेला जिल्लाबाट चुनाव जितेका कोहि नेता पनि मन्त्री बन्न सकेनन । केन्द्रमा पहुँच पुग्न नसकेकाले प्यूठान बिकास निर्माणमा पछि परेको महशुस जिल्लावासीमा भयो । नेकपा(एमाले) केन्द्रिय उपाध्यक्ष बामदेव गौतम प्यूठान आए । पहिलो पटक बर्दियाबाट पराजय व्यहोरेका गौतम दोस्रो संविधानसभा निर्वाचन २०७० मा जिल्ला फर्किएका हुन् । केन्दी्रय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्न सक्ने नेता जिल्ला फर्किएपछि धेरै मतदाताको साथ पाएर उनले चुनाव पन िजिते ।
गौतमले चुनावताका समग्र विकास निर्माण सम्वन्धी ३४ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरे । नौमुरे, उपल्लो झिमरुक जलबिद्युत आयोजना, भालुवाङ–बाग्दुला–भिमगिठे सडक, चाल्नेटार बिमानस्थल, स्वर्गद्धारीमा केबलकार, पूर्वदेखि पश्चिम सम्म औद्योगि करिडोर, एक घर एक रोजगारी, भिंगृ, देविस्थान, बांगेशाल, पकला, दाखाक्वाडी, बाग्दुला र मच्छिमा शितभण्डार निर्माण, व्यवस्थित कृषि बजार निर्माण, स्वर्गद्धारीमा वेदवेदांगी पाठशाला, संस्कृत महाविद्यालय, आयूर्वेद सहितको मेडिकल कलेज निर्माण, व्यवस्थित यातायात निर्माण, जिल्लाभित्रै स्नातकस्तरको आवशिय प्राविधिक विद्यालय स्थापना, प्राविधिक शिक्षा उत्र्तिण गर्ने व्यक्तिलाई रोजगारीको व्यवस्था लगाएतका प्रतिवद्धता गौतमका थिए । तर तिमध्ये ३२ वटा बुँदा अझै अधुरै छन् ।
उनका प्रतिवद्धताले आम मतदातालाई हौसायो । गौतमकै अगुवाईमा जिल्लाले काँचुली फेर्ने आश सवैले गरे । प्यूठान क्षेत्र नम्वर १ बाट निर्वाचित भएर उनी उपप्रधान तथा गृहमन्त्री समेत भए । तर, उनले सांसद् र मन्त्रीकालमा आफ्ना बचनबद्धता पूरा गर्न सकेन्न । उनको कार्यकाल नसकिदै यसपालको निर्वाचनका लागि उम्मेद्धवार छान्ने प्रक्रिया शुरु भयो । यसपाली पनि प्यूठानबाटै बामदेव नै चुनाव लडने र अघिल्लो पटकका प्रतिबद्धता पूरा गर्नेमा अपेक्षा मतदाताले गरेका थिए । एमाले प्यूठान जिल्ला कमिटीले प्रतिनिधीसभा सदस्यका लागि उनको सिफारिस समेत ग¥यो । गौतम आफै पनि प्यूठान आउने आश्वासन दिए । तर बामगठबन्धनका क्रममा जिल्लाबाट राष्ट्रिय जनमोर्चालाई मैदान खाली गरेर आफु बर्दिया हानिए ।
पटक पटक जिल्ला आउँदा उनले मातृभूमिको स्नेहले प्यूठानी माटोमा आफनो जीवन आहुती दिने बचन छाडेका थिए । ‘म सधैँका लागि प्यूठान फर्के, अव कतै जाँदिन ।’ उनले जिल्लाका धेरैजसो सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिने गरेका थिए । यद्यपी, उनले फेरी फेरी बर्दिया नै रोजेर जिल्लावासीले उनीप्रति गरेको आशामा ‘तुषारापात’ गराइदिए । प्रतिवद्धता पूरा नगरी नेता गौतम बर्दिया फर्केपछि विकासको आशमा रहेका जिल्लावासीलाई खिन्न तुल्यायो । जिल्लाका नागरीक भन्छन्,‘राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने ऊनै बामदेव थिए । तर केहि काम नगरी बर्दिया फर्केपछि हामी निराश छौँ । अव चुनाव जित्नेसँग के आश गर्नु र ?’
बामदेवले प्यूठान छाडेपछि संयूक्त बामगठबन्धनबाट राजमोका केन्द्रिय उपाअध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक गठबन्धनका तर्फवाट भूकम्प पुर्ननिर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोबिन्दराज पोख्रेल प्रतिनिधीसभा सदस्यको लागि पहिलोपटक चुनावी मैदानमा छन् । यी दुवै उम्मेदवार पनि गौतम जस्तै पाँहुना बन्ने आशंका मतदाताहरुमा छ ।
पौडेल लामो समयदेखि राजनीतिमा सक्रिय रहेपनि जिल्लाको राजनीतिमा उनी कुनै भूमिकामा थिइनन् । कांग्रेसका पोख्रेल सरकारी लाभको पद छाडेर चुनावमा होमीएका हुन् । अघिल्ला निर्वाचन जितेका नेताहरुको आश्वासनबाट अघाएका जिल्लाका मतदाताहरुको चाहना भने एउटै छ, ‘जसले जितेपनि गफ होइन् काम गरेर देखाउन्’ । नेताले बोले अनुसार काम नहुने देखे÷भोगेका सर्वसाधारण अचेल भन्न थालेका छन,‘जुन जोगी आए पनि कानै चिरेका । गफ सुनाएर भोट माग्न आउने चलन कहिले नसकिने भो ।’
source:ratopati