१६ कात्तिक, दाङ । चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । उनी ह...
१६ कात्तिक, दाङ । चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।
म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो उनले भनिन् हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।
२०७४ कार्तिक १६ गते १३:५८ मा प्रकाशित

