काठमाडौं– प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिसधिसभातर्फ १०९ जनाको बन्दसूचि बुझाइएको छ । आयो...
काठमाडौं– प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिसधिसभातर्फ १०९ जनाको बन्दसूचि बुझाइएको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको बन्दसूचिमा स्वयम् डा. लोहनीसहित पार्टीका कार्यसमितिमा रहेका कार्यसमिति सदस्यका साथै उद्योगीसमेत रहेका छन् ।
सार्वजनिक सूचिअनुसार डाक्टर लोहनी खस आर्य कोटामा पहिलो नम्बरमा समानुपातिक उम्मेदवार रहेका छन् ।
यस्तै उद्योगी राज्यलक्ष्मी गोल्छा समेत समानुपातिक बन्दसूचिमा परेकी छिन् । उनी यसअघि एमालेको कोटामा समानुपातिक सांसद भएकी थिइन् ।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएपनि एमालेकै ह्विप उलंघन गर्दै आएकी थिइन् ।
एराप्रपाको बन्दसूचिमा राज्य क्ष्मी खस आर्य कोटामा पहिलो नम्बरमा रहेकी हुन् ।
यस्तै तत्कालिन राप्रपामा हुँदा कमल थापासँग प्रतिस्पर्धा गर्ने प्रदीप विक्रम राणाको समेत नाम समेत रहेको छ । उनी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा कमल थापासँग लडेका भएपनि भारी मतले पराजित भएका थिए ।
यस्तै सातैओटै प्रदेशसभातर्फ एप्रपाले बुझाएको समानुपातिक बन्दसूचि पनि आयोगले सार्वजनिक गरेको छ ।
आयोगले प्रदेशसभामा १९९ जनाको नाम सार्वजनिक गरेको हो । जसमा प्रदेश नम्बर ३ बाट राप्रपा प्रचारविभाग सचिव जनकाज पाठकको समेत नम उल्लेख छ ।
दुई राप्रपाको एकताको महाधिवेशनपछि राप्रपा अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोहनीले एकीकेत राप्रपा राष्ट्रवादी गठन गरेका थिए ।
राप्रपाले सुशासनयुक्त समाज, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको छ ।
source:onlinekhabar