फेसबुकमा कसैलाई फ्रेण्ड रिक्वेस्ट पठाउनु पनि कसैलाई प्रताडित गरेको मान्न सकिन्छ ? पाकिस्तानका एक फिल्म निर्माताले यस विषयमा प्रश्न उठाएका ...
महिलाप्रतिको रवैया
डाक्टरको फ्रेण्ड रिक्वेस्टलाई उत्पीडनको आरोप लगाउने ओबेद चिनोयकोे आरोपबाट धेरै मानिस बेखुस भए । उनले विनाकारण धेरै प्रतिक्रिया जनाइरहेको कतिपयको ठहर छ ।
पत्रकार अली मोइन नवाजिशले फेसबुकमा रिक्वेस्ट पठाउनुलाई उत्पीडन भन्नु निकै हास्यास्पद तर्क रहेको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् ः यसपछि अब के कसैसँग कलम माग्नुपनि उत्पीडन हुन्छ ? अनि कसैलाई तिन सेकेण्ड भन्दा धेरै हेर्नुपनि उत्पीडन हुन्छ ?
समाचार अनुसार आफ्नी बिरामी बहिनीलाई डाक्टरले फेसबुक रिक्वेष्ट पठाएको विषयमा ओबेदले ट्विट गरेसँगै ती डाक्टरलाई आगा खान विश्वविद्यालय अस्पतालबाट निलम्बन गरेको छ । यस विषयमा अस्पतालले जाँच गरिरहेको बताइएको छ ।
बीबीसी
२०७४ कार्तिक १८ गते १२:११ मा प्रकाशित