५ मंसिर, काठमाडौँ । पुत्र वियोगको पीडामा रहेका माओवादी अध्यक्ष प्रचण्ड र पत्नी सीता शोकाकुल परिवारसहित गृहजिल्ला चितवन पुगेका छन् । ३६ वर...

३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति-नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।
प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी विना र प्रकाश पुत्र प्रलव पनि साथमै थिए ।
१०ः४५ को यति एयरलाइन्सबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउन सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरे ।
source:onlinekhabar