तीर्थप्रसाद भट्टराई काठमाडौँ - बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाउनुभएका रवीन्द्र मिश्र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वा...
काठमाडौँ - बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाउनुभएका रवीन्द्र मिश्र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ ठूला पार्टीहरुको वर्चस्वको बीचमा आफूलाई उभ्याई आफ्नो स्थान बनाउन प्रयासरत हुनुहुन्छ ।
एउटा
पूर्वपत्रकारले राजनीतिका कुशल खेलाडीसँग कसरी प्रतिस्पर्धा गर्न सक्ला
भन्ने आशंकाबीच पनि उहाँ आफ्नो अभियानमा अनवरत अगाडि बढिरहनुभएको छ ।
यस
क्रममा विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा
सदस्यको उम्मेदवार बन्नुभएका पत्रकार मिश्र हालै आफ्नो चुनाव प्रचारका
क्रममा बुद्वनगरमा घरदैलो कार्यक्रम गरिरहनुभएको अवस्थामा भेटिनुभयो ।
अन्य
ठूला दलको जस्तो तामझाम नभए पनि माइकिङ गर्दै आफ्नो घोषणापत्र बाँडिरहँदा
मिश्रले जनतालाई आफू निर्वाचित भए देशको हालको अवस्थामा आमूल परिवर्तन गरी
सुशासन र समृद्वि ल्याउने, भ्रष्टाचार हटाउने र नेपाली युवा विदेशिनुपर्ने
अवस्थाको अन्त्य गर्न लागिपर्नेमा आश्वस्त पार्न चाहनुभयो ।
बुद्वनगरमा
प्रचारक्रममै एक वृद्धसित भेट हुँदा ती वृद्धले देशको अवस्था जर्जर भएको,
विगत २५ वर्षमा देशलाई धराशायी बनाइएको, भ्रष्टाचार व्याप्त भएको र देश
धेरै पछि परेको कुरा व्यक्त गरी तपाईंहरु अगाडि आउनुप¥यो, तपार्इं युवाले
परिवर्तन ल्याउनु प¥यो भन्दै उहाँ आफँै भावुक हुनुभई रुन थाल्नुभयो भने
मिश्र अचम्भित हुनुभई उहाँको विचारका लागि धन्यवाद दिँदै त्यसैका लागि आफू
लागिपर्ने भन्दै सम्झाउन कोसिस गर्नुभयो । यो दृश्य युट््युबमा पनि धेरै
हेरिने भिडियो मध्येमा परेको थियो ।
ती
वृद्ध नीलाम्बर तिमिल्सिना ९६६० हालै एक दिन पशुपति जाँदा विदेशबाट
ल्याइएका युवाको चारवटा शव देख्नुभएको रहेछ । त्यहाँ पनि उहाँ भावुक भई
रुनु भएको रहेछ । उहाँ त एक सम्पन्न व्यक्ति नै हुनुहुन्छ र अरूको दुःख
देखेर रुनु भएको हो, तर आफैँ त्यस्तो दुःख भोगिरहेका नेपालीको अवस्था कस्तो
होला रु उहाँ भन्नुहुन्छ, “ती ऋण काढेर विदेश गएर बाकसमा घर फर्केका
युवाको घरपरिवार कस्तो होला रु आमाबावु र जहान छोराछोरीलाई कस्तो पीडा होला
रु”
यसै क्षेत्रका बासिन्दा तथा
सुदूरपश्चिम क्षेत्रका चर्चित लोक कलाकार यज्ञराज उपाध्याय जो आए पनि देशको
धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,
“विदेशीहरु यहाँका मठमन्दिर र धर्म संस्कृति हेर्न यहाँ आउँछन् । हाम्रो
पहिचान भनेकै त्यही हो, त्यो जोगाउनुपर्छ ।”
यसै
सन्दर्भमा क्षेत्र नं १ का मुख्य मुख्य समस्या के देख्नुभएको छ भनी प्रश्न
गर्दा उम्मेदवार मिश्र भन्नुहुन्छ, “क्षेत्र नं १ मात्र भन्दा पनि समग्र
काठमाडौँ र देशकै लागि आफूले काम गर्ने र यस क्षेत्रमा खुला क्षेत्रको
संरक्षण, पार्कहरुको निर्माण, फोहरमैला व्यवस्थापन तथा सुकुम्वासी
व्यवस्थापनका समस्या भएकाले यिनै कुरामा ध्यान दिनेछु ।”
यस
क्षेत्रमा आफूले जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ र जित्ने आधार के
देख्नुहुन्छ भन्ने जिज्ञासा राख्दा पूर्वबिबिसी पत्रकार मिश्रले आफू यस
क्षेत्रआसपास चावहिल महाँकाल क्षेत्रमा जन्मी हुर्केको मानिस भएकाले यस
क्षेत्रको समस्यासित परिचित रहेको र यस क्षेत्रमा तुलनात्मक रुपमा शिक्षित,
चेतनशील नागरिक बस्ने हुँदा उहाँहरुको हामीजस्ता इमान भएका प्रतिबद्व
मानिस राजनीतिमा आइदिऊन् भन्ने चाहना भएकाले र मैले लेखेका, बोलेका कुराहरु
र मेरा परोपकारी, गतिविधिहरुसँग परिचित भएकाले आफूले नै मत पाई विजयी हुने
बताउनुभयो ।
हामी हाम्रै पालामा
देशको रुपान्तरणका लागि प्रयासरत रहेको र यहाँ लामो समयदेखि आफूसित
भावनात्मकरुपमा जोडिएका शुभेच्छुकहरु भएकाले पनि आफूले जित्ने उहाँले दावी
गर्नुभयो ।

क्षेत्र
नं १ का अर्का चर्चित उम्मेदवार पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका
प्रभावशाली नेता प्रकाशमान सिंह भन्नुहुन्छ, “यस क्षेत्रमा खासगरी
खानेपानीको समस्या, बाटोघाटो फराकिलो गर्नुपर्ने काममा ढिलासुस्ती, मेलम्ची
आयोजनाका कारण धुलो उड्ने समस्या आदिको अन्त्य गर्नुपर्ने अवस्था छ ।
अर्को कुरा यहाँका जनता विकृति–विसंगति हटोस्, सुशासन कायम होस् भन्ने पनि
चाहन्छन् ।”
दुई वाम मिलेपछि बलियो
भएको प्रतिद्वन्द्वी तथा चर्चित उम्मेदवारहरुसँगको प्रतिस्पर्धामा जित्ने
आधार के छ भनी प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, “मैले यस क्षेत्रका जनतासँग
घुलमिल भई हरेक समस्यामा साथ दिएको, धेरै सामुदायिक विद्यालयमा भवन,
खानेपानी, पूर्वाधार आदिमा सहयोग गरेको, पद्मकन्या कलेजमा आफ्नै पहलमा
मंगलादेवी छात्रावास बन्दै गरेको आदि कारणले म जनतामाझ परिचित छु र जित्छु
भन्ने आत्मविश्वास छ । हाम्रै पहलमा यस क्षेत्रमा सोलार बत्ती जडान भई
देशकै लागि नमूनाको रुपमा देखाउन थालिएको छ ।”
“मैले
यस क्षेत्रबाट दुईपटक जितेकामा पहिलोभन्दा दोस्रो संविधानसभामा अझ बढी
मतले जितेकाले अहिले पनि अझ बढी मत ल्याई जित्ने अपेक्षा गरेको छु”, उहाँले
भन्नुभयो ।
क्षेत्र नं १ मा वाम
गठबन्धनका साझा उम्मेदवार तथा नेकपा ९माओवादी केन्द्र०का नेता अनिल शर्मा
भन्नुहुन्छ, “यहाँका जनताको बाटोघाटो, ढल अस्तव्यस्त हुनु, खानेपानीको
समस्या आदि देखिएका छन् । मूलकुरा राजनीतिक स्थिरता, स्थायित्व हो भने
बागमती करिडोर, सुकुम्वासी समस्या, फोहर व्यवस्थापन आदि नै यहाँका समस्या
हुन् ।”
पुराना
र चिरपरिचित अनुहारसँगको प्रतिस्पर्धामा तपाईं कसरी जित्न सक्नुहुन्छ भनी
प्रश्न गर्दा शर्मा भन्नुहुन्छ, “जनताको चाहनालाई सम्बोधन गर्न र राजनीतिक
स्थायित्व दिन वाम गठबन्धनले मात्र सक्छ । हाम्रा एजेण्डा, घोषणापत्रका
प्रतिबद्घतामा छलफल भई कार्यान्वयन गर्ने वातावरण बन्दैछ । जनता इमान्दार
प्रयत्न र नैतिकता खोज्दैछन्, जुन हामी दिनसक्छौँ ।”
अर्को
कुरा यस क्षेत्रमा ७७ प्रतिशत मतदाता युवा रहेकाले युवाको प्रतिनिधित्वका
लागि पनि युवा र वृद्ध सबैले आफूलाई जिताउने वचन दिनुभएको छ, उहाँ
बताउनुहुन्छ ।
अनेरास्ववियु
९क्रान्तिकारी०को सचिव, महासचिव तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी
सम्हाली सक्नुभएका शर्मालाई अन्य चर्चित उम्मेदवारको तुलनामा आफू अलि नयाँ र
अपरिचित जस्तो लाग्दैन रु भन्ने प्रश्न गर्दा शर्मा भन्नुहुन्छ, “धेरैले
चिनिएर मात्र जितिने होइन, आफूले पनि यही क्षेत्रमा शैक्षिक आन्दोलन तथा
जनताका काम गर्नाका साथै भूकम्पका बेला पनि सहयोग गरेको र यहाँका सामाजिक
काममा आफ्नो पार्टी संलग्न भएको छ ।”
त्यसैले, नेकपा ९एमाले० तथा नेकपा ९माओवादी केन्द्र०को वाम गठबन्धनका तर्फबाट आफूले नै जित्ने दाबी उहाँले गर्नुभयो