भक्तपुर । भक्तपुरमा बाम गठबन्धनमा समस्या देखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा १मा एमाले का हरिशरण लामिछाने र माओवाद...
भक्तपुर
। भक्तपुरमा बाम गठबन्धनमा समस्या देखिएको छ । प्रतिनिधिसभा निर्वाचन
क्षेत्र १ को प्रदेशसभा १मा एमाले का हरिशरण लामिछाने र माओवादी केन्द्रका
डिपी ढकाल दुबैको उम्मेदवारी कायम भएपछि गठबन्धनमा समस्या देखिएको हो ।
यो बारेमा माओवादी केन्द्रमा भक्तपुर संयोजक समेत रहेका ढकालसँग जानकारी लिन खोज्दा उनले यसबारे भोलि थाहा हुने जानकारी दिएका छन् ।
उता
एमाले नेताहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । आज १ बजे सम्म
उम्मेदवारी फिर्ता लिने समय भए पनि दुबै पार्टीका नेताहरुले उम्मेदवारी
फिर्ता नलिएकाले गठबन्धन कायम नहुने पक्का जस्तै बनेको छ ।
यदि प्रतिनिधि सभा १ नम्बर क्षेत्रमा बाम गठबन्धन कायम नभएमा २ नम्बर क्षेत्रमा समेत यो कायम नहुने माओवादी नेताहरुको भनार्इ रहेको छ ।
यदि प्रतिनिधि सभा १ नम्बर क्षेत्रमा बाम गठबन्धन कायम नभएमा २ नम्बर क्षेत्रमा समेत यो कायम नहुने माओवादी नेताहरुको भनार्इ रहेको छ ।
यस बारेमा माओबादी केन्द्रले पत्रकार सम्मेलन गर्ने तयारी गरेको जानकारी आएको छ ।