राजकुमार सिग्देल नुवाकोट– काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन...
राजकुमार सिग्देल नुवाकोट–
काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट
भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तर्गत ख का प्रदेश उम्मेदवार
रमेश महतमाथि लक्षित गरेर बम विष्फोट भएको हो ।
ककनीको
चियावगानमा भएको विष्फोटबाट उम्मेदवार महत सुरक्षित रहेपनि उनीसँगै रहेको
अर्को गाडी एम्बुसमा परेको छ । जसका कारण कांगैसका ५ जना कार्यकर्ता गम्भिर
घाइते भएका छन् । घाइतेहुनेहरुमा भेषकुमार लामा, उपेन्द्र मिश्र लगायत छन्
। उनीहरुलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ ।
प्रत्यक्षदर्शीका
अनुसार २ वटा कुकर बम विष्फोट भएका थिए । विष्फोटबाट बा १६ च ६६५ नम्बरको
गाडी पूर्णतया ध्वस्त भएको छ । महतसहितको टोली चुनावी प्रचार प्रसारका
क्रममा आज बिहान ककनी पुगेको थियो । टोली ककनीमा घरदैलो सकेर चतुरचलेतर्फ
जादै गरेको अवस्थामा उम्मेदवार महत चढको गाडीलाई लक्षित गरेर एम्बुस
राखिएको बताइएको छ ।
महत सावर गाडी बा १४ च १६४१ नम्बरको गाडी अगाडी कटेलगत्तै सँगैको अर्को गाडी एम्बुसमा परेको हो ।
यसैवीच
उम्मेदवार महतले घटनालाई अत्यन्त निन्दनीय भन्दै खेद व्यक्त गरेका छन् । काङ्ग्रेसको जित निश्चित भएपछि यस्तो षड्यन्त्र
भएको हुनसक्ने महतको प्रतिकृया छ।
यता,
प्रहरीले बम आक्रमणमा तीन जना गम्भिर घाइते भएको र उनीहरुलाई
हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौँ लाने तयारी भइरहेको जानकारी दिएको छ
। घटना कसले घटाएको भन्ने अझै यकिन नभएको प्रहरीले जनाएको छ । ratopati