काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ...

मंगलबार १० लाख रुपयाँ घुससहित पक्राउ परेका शाखा अधिकृतसहितका कर्मचारीले उनको समेत संलग्नता रहेको बयान दिएपछि अख्तियारले पक्राउ गरेको हो ।
आयोगले मंगलबार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट सो रकमसहित पक्राउ गरेको हो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।
घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार र सोपछि बयान लिनेक्रममा उनीहरुले पाण्डेको पनि संलग्नता रहेको पोल खोलेका थिए ।
अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ । ratopati source