काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ...
काठमाडौं–
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै
पक्राउ गरेको हो ।मंगलबार १० लाख रुपयाँ घुससहित पक्राउ परेका शाखा अधिकृतसहितका कर्मचारीले उनको समेत संलग्नता रहेको बयान दिएपछि अख्तियारले पक्राउ गरेको हो ।
आयोगले मंगलबार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट सो रकमसहित पक्राउ गरेको हो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।
घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार र सोपछि बयान लिनेक्रममा उनीहरुले पाण्डेको पनि संलग्नता रहेको पोल खोलेका थिए ।
अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ । ratopati source

