रोल्पा । चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइएको छ । सुलिचौर हुँदै लिवाङ आउने क्...
रोल्पा । चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइएको छ ।
सुलिचौर
हुँदै लिवाङ आउने क्रममा कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व
सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीलाई लक्षित गरेर भदौरे भन्ने स्थानमा
शुक्रबार दिउँसो बम विस्फोट गराइएको हो ।
बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोप्पाका डिएसपी ज्ञानेन्द्र फुँयालले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार नेताहरुको सुरक्षामा रहेका सशस्त्र प्रहरीले जवाफी फयार गरेका थिए । करिब तीन राउण्ड गोली चलेको उनले बताए ।
आक्रमणकारीले बाटोमाथिको जंगलबाट बम खसालेका थिए । तर, बम गाडीमा नलागेर बीच बाटोमा पड्किएको थियो ।