काठमाडौं–नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ती र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदान गर्ने दाबी ग...

काठमाडौं–नेपाली
कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ती र
समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदान गर्ने दाबी गरेका छन् ।
अर्थमन्त्रीसमेत रहेका कार्कीले कांग्रेसको नेतृत्वमा अबको १० वर्षमा
नेपालले मुहार फेर्ने दाबी गरे ।
कांग्रेस
पहिलो ठूलो दल बन्ने दाबी गर्दै सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत
रहेका कार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागु
गर्ने बताए । विगतमा संगठित हिंसा र द्धन्द्धको समयमा कांग्रेसले सरकार
चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तीको बाटोमा लैजाने र
संविधान निर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब
संविधान कार्यान्वयन र विकासका लागि जनताले कांग्रेसलाई नै मतदान गर्ने
विश्वास व्यक्त गरे ।
नारा र
दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको
कटाक्ष गरेका छन् । नेपालमा कम्युनिष्ट शासन आउने सम्भावना नरहेको जिकिर
गर्दै उनले वाम गठबन्धनले साम्यवाद ल्याउने प्रयास भने गरेको आरोप लगाए ।
रिपोटर्स
क्लबको कार्यक्रममा कार्कीले केही उम्मेदवारमाथि भएको आक्रमणको निन्दा
गर्दै उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार रहेको बताए ।
बुढगण्डकी
जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको चिनियाँ कम्पनी गेजुवासँगको
सम्झौता रद्द गर्ने विषयमा सरकारभित्र कुनै विमति नरहेको कार्कीले स्पष्ट
पारेका छन् ।