सरकारले जारी गरेको निर्देशिकाले स्थानिय स्तरमा संचालित खानेपानी लगायतका योजनाहरुलाई स्थानिय निकाय मातहतमा ल्याउने निर्देशन गरेपनी इटहरीको ...
सरकारले जारी गरेको निर्देशिकाले स्थानिय स्तरमा संचालित खानेपानी लगायतका योजनाहरुलाई स्थानिय निकाय मातहतमा ल्याउने निर्देशन गरेपनी इटहरीको शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्था भने अहिलेसम्म हस्तान्तरण भएको छैन ।
सरकारले गत श्रावण १ गते स्थानिय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण समबन्धी निर्देशिका २०७४ जारी गरी ६ महिना भित्र हस्तान्तरण गर्न र भाद्र मसान्तभित्र कार्ययोजना स्वीकृत गर्ने भनेपनी अहिलेसम्म कार्यान्वयन नभएको हो । निर्देशिकाले ६ महिनाभित्र बिभिन्न सरकारी तथा अर्ध सरकारी संघ संस्थाहरुलाई आफु मातहतमा ल्याएर त्यसको उचित संचालन गरी आम्दानी र खर्च गर्न भनेपनी इटहरीमा अहिलेसम्म त्यसो हुन नसकेको हो ।
सरकारले गत श्रावण १ गते स्थानिय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण समबन्धी निर्देशिका २०७४ जारी गरी ६ महिना भित्र हस्तान्तरण गर्न र भाद्र मसान्तभित्र कार्ययोजना स्वीकृत गर्ने भनेपनी अहिलेसम्म कार्यान्वयन नभएको हो । निर्देशिकाले ६ महिनाभित्र बिभिन्न सरकारी तथा अर्ध सरकारी संघ संस्थाहरुलाई आफु मातहतमा ल्याएर त्यसको उचित संचालन गरी आम्दानी र खर्च गर्न भनेपनी इटहरीमा अहिलेसम्म त्यसो हुन नसकेको हो ।

निर्देशिकाले दिएको समयसिमा यही पुस महान्तमा पुगेपनी इटहरीमा भएका खानेपानी सहितका केही योजना हस्तान्तरण प्रकृयानै सुरु हुन सकेको छैन । निर्देशिका अनुसार अहिले इटहरीमा रहेको शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्था उप महानगरपालिका मातहतमा आईसक्नुपर्नेमा त्यहो नहुदा निर्देशिका कार्यान्वयनमा अन्यौता श्रृजना भएको छ ।
सरकारले जारी गरेको निर्देशिकाको सम्पती हस्तान्तरण अन्र्तगत बुदा नम्बर ६ (क) अनुसार स्थनयि निकायभित्र रहेका स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी आयुर्वेद औषधालय, शिक्षा श्रोत केन्द्र, सामूदायिक सिकाई केन्द्र, सामूदायिक सुचना केन्द्र, सामुदायिक पुस्तकालय, सामूदायिक भवन, सरकारी वृद्धाआश्रम, सिंचाई, खानेपानी लगायतका योजना स्वत स्थानिय निकायमा आउने भनेपनी इटहरीमा खानेपानी लगायतका केही योजनाहरु भने अझै उपमहानरले आफु मातहतमा ल्याएको छ्रैन ।
इटहरीमा मेयर एमालेका तर्फबाट द्धारिकलाल चौधरी, उप मेयर लक्ष्मी गौतम निर्वाचित हुनु र साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाको नेतृत्वमा एमालेकै तर्फबाट रामप्रसाद चौलागाँई हुनु र हस्तान्तरण नुहुनलाई पनि महत्वका साथ हेरीएको छ ।
स्थानिय निकायको मातहतमा स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रहरु सुरुदेखीनै आएपनी खानेपानी लगायतका आयोजनाहरु स्थानिय निकायको माताहतमा नआउदा निर्देशिका कार्यान्वयनमा संकट पैदा भएको हो ।
खानेपानी लगायतका केही आयोजनाहरु स्थानिय निकायको मातहतमा ल्याउन नसक्नुको बिषयमा इटहरीका मेयर द्धारिकलाल चौधरीले आफुहरु छलफल गरीरहेको बताउनुभएको छ । उहाँले निर्देशिकामा आएको भएपनी आफुहरु अहिलेसम्म छलफलकै चरणमा रहेको प्रतिकृया दिनुभएको हो । निर्देशिका अनुसार माघ १ गतेदेखीनै स्थानिय निकायमा समायोजन हुनुपर्नेमा इटहरी शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले भने हस्तान्तरण नगरी खानेपानीको पाईप खरिद सम्बन्धी टेण्डर आह्वान गरेको छ ।
स्थानिय एक दैनिक पत्रिकामा संस्थाले फागुन ५ गतेभित्र आफ्नो दरभाउ सहित टेण्डर भर्न आह्वान गर्दै बिज्ञापन प्रकासन गरेको हो । निर्देशिका अनुसार स्थानिय निकायको मातहतमा आउनुपर्नेमा टेण्डर आह्वान भएपश्चात संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले भने परिपत्र आएको खण्डमा हस्तान्तरण गरीने बताउनुभएको छ । उहाँले भन्नुभयो, स्थानिय सरकारको रुपमा रहेको इटहरी उप महानगरपालिकाले परिपत्र गरेमा हस्तान्तरण गर्नेछौँ । तर अहिलेसम्म परिपत्र नाआएकोले काम गरीरहेको हो ।